Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

युक्रेनमा रुसी मिसाइल आक्रमणमा परी कम्तीमा १८ जनाको ज्यान गयो

काठमाण्डौ – रुसले युक्रेनका ठूला सहरहरूमा मिसाइल आग्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ । त्यस्तै एक सय ३० जनाभन्दा धेरै घाइते भएका छन् । रुसको पछिल्लो आक्रमणपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले एक सम्बोधनमा क्रममा रुसले विभिन्न प्रकारका ४० वटा मिसाइल प्रक्षेपण गरेको बताउनु भएको समाचार संस्था अलजजिराले जनाएको छ ।

उहाँले मिसाइल प्रक्षेपणका कारण एक सय ४० वटा घरसहित दुई सयभन्दा बढी भौतिक संरचना र भवन ध्वस्त भएका जानकारी दिनुभएको छ । प्रभावित क्षेत्रमा उद्धारको काम भैरहेको छ । आक्रमणमा परि त्यहाँ बस्ने सामान्य र निर्दोष नागरिकको ज्यान गएको खबरमा उल्लेख छ । राष्ट्रपति जेलेन्स्कीले यो आक्रमणको कडा जवाफ दिने प्रतिक्रिया दिनुभएको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com