Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न चार जनाविरुद्ध मुद्दा शुरु

रुसले मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा संलग्न रहेका भन्दै चार जना आक्रमणकारीविरुद्ध मुद्दा चलाउन थालेको छ । कम्तिमा १ सय ३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा संलग्न रहेको अभियोगमा एकजना ह्वीलचेयर प्रयोगकर्तासहित चारै जनालाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा लगिएको बीबीसीले जनाएको छ ।

सबै अभियुक्त घाइते अवस्थामा रहेका खबरमा उल्लेख छ । गएको शुक्रवार क्रोकस सिटी हलमा कन्सर्ट चलिरहेका बेला आक्रमण गरेको इस्लामिक स्टेट समूहले दाबी गरेको छ । रुसी अधिकारीहरूले भने कुनै प्रमाण बिना नै यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर युक्रेनले यी दाबीहरूलाई अस्वीकार गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com