Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

एमाले कर्णाली प्रदेश अध्यक्षमा पाँच जनाले दाबी गर्दै उम्मेद्वारी

नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको दोस्रो बन्दसत्रले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचनको कार्यतालिकाअनुसार ५:३० देखि ७:३० सम्म उम्मेदार दर्ताको समय रहेको थियो ।

 अध्यक्ष पदमा पाँच जनाले दाबी गर्दै उम्मेद्वारी दिएका छन् । जसमा प्रकाश रोकाया, प्रेम बहादुर सिंह , गुलाब जंग शाह, राजबहादुर शाही र मीनबहादुर शाही अध्यक्षका प्रत्यासी रहेका छन् । 

 उपाध्यक्षमा भने दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ । यस्तै, सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीको उमेद्वारी परेको छ । उपसचिव समावेशिमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ ।

उपसचिव खुल्लामा नारायणकुमार शाह, रवीन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ ।

यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ । ध्रुव कुमार शाहीले लगाएतले सचिवको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार राति ११:३० देखि शनिबार बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको छ । शनिबार १२:३० देखि ६ बजेसम्म मतदान हुने छ ।

यस्तै प्रदेशको अन्य विभिन्न पदमा १३० भन्दा बढी उम्मेदवारी परेको स्रोतले जनाएको छ । अध्यक्ष पदमा भने सबै उम्मेदवार उत्तिकै बलिया भएको हुनाले निकै ठुलो प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com