Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

संघीयता कार्यान्वयनसम्बन्धी संसदीय विशेष समिति गठन

जेठ, २० काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।
यही जेठ १९ गतेको राष्ट्रियसभा बैठकबाट सर्वसम्मतरुपमा स्वीकृत भएको सङ्कल्प प्रस्तावमा उल्लेख भएअनुसार सङ्घीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी राष्ट्रियसभामा प्रतिवेदन पेश गर्न सो विशेष समिति गठन गरिएको हो ।

सांसद डा खिमलाल देवकोटाको संयोजकत्वमा गठित समितिमा सांसद प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य तोकिएका छन् ।

उक्त विशेष समितिको कार्यावधि कार्य प्रारम्भ गरेको मितिले चार महिना हुनेछ । सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाद्वारा प्रस्तुत उक्त नामावलीसहितको समिति गठनको प्रस्तावलाई बैठकले सहमति जनाएको हो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com