Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

न्युजिल्याण्डको एक छात्रावासमा आगलागी : ६ जनाको ज्यान गयो, बेपत्ता ३० जनाको खोजी चल्दै

न्युजिल्याण्डको राजधानी वेलिङ्गटनको एक छात्रावासमा आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा ६ जनाको ज्यान गएको छ । ३० जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको छ ।

चार तले आवासीय भवनमा गएराति आगलागी भएको र भवनमा ९२ जनासम्म बस्न मिल्ने कोठा रहेको बीबीसीले जनाएको छ । तर आगलागी हुँदा भवनमा कतिजना थिए भन्ने खुल्न सकेको छैन ।

आगलागी नियन्त्रणका लागि २० वटाभन्दा धेरै दमकल प्रयोग गरिएको थियो । आगो निभाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तर कसैले जानाजानी आगो लगाएको हुन सक्ने अनुमान गरिएको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com