Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सवारी दुर्घटनामा परी बाबु-छोराको मृत्यु

भदौ,१५ काठमाडौं । बुटवलमा भएको सवारी दुर्घटनामा परी बाबु-छोराको मृत्यु भएको छ।
बुटवल बेलवासमा आज दिउँसो भएको उक्त दुर्घटनामा बुटवल उपमहानगरपालिका–१३ बेलवासकै ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार आज दिउँसो बेलवास चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए।

उक्त दुर्घटनामा परेपछि लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकरमुनि परेको थियो।

दुर्घटनाबाट गम्भीर घाइते बाबु-छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com