Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

चीनमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ पुग्यो, सात सय भन्दा धेरै घाइते

काठमाण्डौ – चीनमा हिजो बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ जना पुगेको छ । गान्सु प्राप्तमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भूकम्पमा परी सात सय जना भन्दा धेरै घाइते भएका छन् । भूकम्पले गान्सुमा १ लाख ५५ हजार ३ सय ९३ घरमा क्षति पुगेको छ । चीनले भूकम्पका लागि राष्ट्रिय प्रकोप–राहत आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा केन्द्रिय संस्थाका परियोजनाबाट ७३६ भन्दा बढी उद्धारकर्ता र नजिकैका क्षेत्रमा २ हजार ४२ अग्नी नियन्त्रक पठाइएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ । भूकम्पले प्रभावित क्षेत्र जोड्ने सबै ग्रामीण राजमार्ग हिजो बेलुकादेखि सञ्चालनमा आइसकेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com