Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

नामिबियाविरूद्ध रोहित पौडेलको अर्धसतक पुरा

नामिबियाविरूद्ध नेपाली कप्तान रोहित पौडेलले अर्धसतक पुरा गरेका छन्।
४७ बलमा उनले ४ चौका र ३ छक्कासहित अर्धसतक पुरा गरेका हुन्।

३९ रनमा जीवन दान पाएका उनले आफ्नो छैठौं एकदिवसीय अन्तर्राष्ट्रिय अर्धसतक पुरा गरे।
यसअघि ओपनर कुशल भुर्तेलले पनि अर्धसतक पुरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २८६ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।
यो समाचार तयार पार्दासम्म नेपालले २ विकेट गुमाएर २४ ओभरमा १३७ रन बनाएर खेलिरहेको छ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौकासहित २५ रन बनाएर आउट भए। त्यसअघि ओपनर आशिफ शेख शुन्यमा आउट भएका थिए।

नेपालका लागि ज्ञानेन्द्र मल्लले २९ बलमा ३ चौकासहित २० रन तथा २६ बल खेलेका कुशल भुर्तेलले ३ चौका र १ छक्कासहित २१ रन बनाएर पावर प्ले सकाएका छन्।

यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया २८५ रनमा अलआउट भएको थियो। सेतोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com