Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको छ।
भानु नगरपालिका–९ निवासी ४५ वर्षीय तारा थापाको करेन्ट लागी मृत्यु भएको हो।
मोबाइल चार्ज गर्ने क्रममा प्लगबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर सख्त घाइते भएकी थापाको उपचारका लागि दमौली अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए।
मृतक थापाको शव अहिले दमौली अस्पतालको शवगृहमा राखिएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com