Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बिपरजोय समुद्री आँधी भारतको गुजरात पुग्यो : तीव्र हावासहित ठूलो वर्षा

अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी बिपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ । हिजो बेलुका आँधी भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्तनजिक पुगेको हो ।

आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोटलगायत धेरै जिल्लामा ठूलो वर्षा र तीव्र गतिमा हावा चलेको छ । गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । आँधीले पुर्याएकाे क्षतिको विवरण आउन बाँकी छ ।

पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराँचीदेखि भारतको गुजरातसम्मको समुद्रमा अग्ला छाल आउनसक्ने सक्ने चेतावनी दिएको छ ।

यस्तै, मुम्बईका तटीय क्षेत्रमा जान मानिसहरूलाई रोक लगाइएको छ । भारत तथा पाकिस्तानका विभिन्न ठाउँबाट एक लाख ७० हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बाङ्गला भाषामा बिपरजोयको अर्थ ‘प्रकोप’ भन्ने हुन्छ । भारतमा ठूलो वर्षाका कारण यो हप्ता कम्तीमा ७ जनाको ज्यान गएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com