Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

डढेलो निभाउने क्रममा जलेर घाइते भएका बालकको मृत्यु

बैशाख,८ काठमाडौं । गुल्मीमा डढेलो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ। हिजो जिल्लाको धुरकोट गाउँपालिका–३ हारहारे वर्दवासको जंगलमा लागेको डढेलो निभाउन गएका स्थानीय १३ वर्षीय बालक दीपक मुखिया जलेर गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका मुखियाको पाल्पा मिसन अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

डढेलो निभाउन गएका ५५ वर्षीय धनबहादुर जोगी गम्भीर घाइते भएका छन्। उनलाई आज थप उपचारका लागि बुटवल लगिएको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com