Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

देशमा एउटा असल व्यक्तिको खाँचो छ : ओली

मोरङ – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने एउटा आर्दश व्यक्ति खोजिरहेको बताउनुभएको छ । उहाँले देशमा एउटा असल व्यक्तिको खाँचो रहेकाले देश उसैलाई सुम्पिन चाहेको बताउनुभयो ।

नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको अवसरमा मोरङको सुन्दरहरैँचामा शुक्रवार इन्द्रपुर जेसिज आतिथ्य शाखाको रूपमा रहेको समारोहमा उहाँले नेपालको हित र विकासका लागि सबै नेपाली सचेत भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले नयाँ देश बनाउने मान्छे अरू कोही नभएर तपाईँहरू स्वयम् भएको उल्लेख गर्नुभयो । उहाँले देशलाई सामाजिक, आर्थिकरूपमा अघि बढाउन एकता र नेतृत्वको खाँचो भएको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाल नेपालीले बनाउने तथा चलाउने हो, अरूले होइन ।
उहाँले हाम्रो देश प्रकृतिको सुन्दरतामा समेत धनी भएकाले विश्वको अग्लो सगरमाथाको शिखरदेखि तराईका होचा खेतीयोग्य जमिनको भूगोलसमेतले देशको पहिचान र सुन्दरता बोकेको बताउनुभयो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com