Yeti Khabar

२०७९ मंसिर २२, बिहीबार - Thu Dec, 2022 -

महिला म्यादी प्रहरीलाई स्यानिटरी प्याड वितरण

कार्तिक,२२ काठमाडौं । दैलेख कार्यस्थलमा महिनावारी हुँदा सरसफाइमा सजिलोका लागि महिला म्यादी प्रहरीलाई दैलेख प्रहरीले स्यानिटरी प्याड वितरण गरिएको छ ।

गएको वैशाखमा भएको पालिका चुनावमा महिला म्यादी प्रहरीले असजिलो भोगेको भन्ने गुनासोका आधारमा यस पटक स्यानिटरी प्याडको प्रबन्ध गरिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर साहले जानकारी दिनुभयो ।

दैलेखका तीन सय ५६ महिला म्यादी प्रहरी र जिल्लाभरका १३ महिला प्रहरीसमेत तीन सय ६९ जना महिला प्रहरीलाई प्याड दिइएको जिल्ला प्रहरी कार्यालय दैलेखको महिला सेल इन्चार्ज एवम् प्रहरी सहायक निरीक्षक (असई) सुशीला भूसालले बताउनुभयो ।

‘अघिल्लो चुनावमा महिला म्यादी प्रहरीहरूले फिल्डमा गएको बेला महिनावारी हुँदा कष्ट भोगेको भन्ने गुनासो आएकोले यस पटक सामुदायिक प्रहरी कार्यक्रमको साझेदारीमा हरेकलाई तीन प्याकेटका दरले वितरण गर्‍यौँ’, असई भूसालले सुनाउनुभयो ।

कार्यस्थलमा खटिएका महिला म्यादी प्रहरीको स्वास्थ्यप्रति जिल्ला प्रहरी कार्यालय दैलेखले गरेको यो सहयोग भावनात्मक हिसाबले ठूलो भएको महिला सशक्तिकरण मञ्च दैलेखका पूर्वअध्यक्ष डिलकुमारी चन्दले प्रतिक्रिया दिनुभयो । चुनावका बेला विकट गाउँमा पुगेका महिला म्यादी प्रहरीलाई स्यानिटरी प्याड वितरणले दत्तचित्तका साथ काममा खट्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com