Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

निर्वाचन आयोगको खर्च प्रस्ताव

वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो।
आज राजनीतिक दलहरुसँगको सर्वदलीय बैठकमा आयोगले गत वर्ष नै तोकेको सिलिङ बराबरको खर्च सीमा वितरण गरेको हो। आयोगले महानगरको प्रमुख र उपप्रमुखका लागि ७ लाख ५० हजार र उपमहानगरको प्रमुख र उपप्रमुखका लागि ५ लाख ५० हजारको प्रस्ताव गरेको हो।

नगरपालिका प्रमुख र उपप्रमुखका लागि ४ लाख ५ हजार, र गाउँपालिका प्रमुख र उपप्रमुखका लागि ३ लाख ५० हजारको प्रस्ताव गरेको हो। महानगरको वडाध्यक्षलाई ३ लाख र उपमहानगरको वडाध्यक्षलाई २ लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षलाई २ लाख र गाउँपालिकाको वडाध्यक्षलाई डेढ लाखको प्रस्ताव गरेको हो।

सर्वदलीय छलफलमा आयोगको उक्त प्रस्ताव अपुग हुने भन्दै बढाउन दलहरूले माग गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com