Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

हमासले बन्धक बनाएकाहरुकाे रिहाइका लागि मध्यस्थता गर्न कतारलाई जर्मनीको आग्रह

इजरायल र हमासबीच युद्ध रोक्न मध्यस्थताका लागि अन्तर्राष्ट्रिय समुदायले चासो र तत्परता देखाएका छन् । इजरायलमा आक्रमण गरेको प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएका व्यक्तिहरूको रिहाइका लागि मध्यस्थता गर्न जर्मनीले कतारलाई आग्रह समेत गरेको छ । हमासले एक सय ५० जनाभन्दा धेरैलाई बन्धक बनाएको अनुमान छ ।

जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले कतारलगायत विभिन्न देशहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बर्लिनका चान्सलर ओलाफ स्कोल्जसँग वार्ताका लागि बर्लिन जाने तयारीमा रहेका बेला बेयरबोकले यस्तो आग्रह गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

एक दशकभन्दा लामो समयदेखि हमासको राजनीतिक कार्यालय राख्न दिँदै आएको कतारले गाजालाई करोडौँ डलरको आर्थिक सहायता उपलब्ध गराएको छ । यसअघि पनि कतारले इजरायल र लडाकु समूहबीच सम्झौता गर्न मध्यस्थता गरेको थियो ।कतारको विदेश मन्त्रालयले इजरायल र हमासबीच मध्यस्थताका लागि प्रयास गरिरहेको समेत जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com