Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

राष्ट्रिय वाणिज्य बैंकमा नक्कली गहना राख्ने एक जना पक्राउ

राष्ट्रिय वाणिज्य बैंकमा नक्कली गहना राख्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । गहना धितो राखी लामो समयसम्म साँवा र ब्याज तिर्न नआएपछि वाणिज्य बैंकले अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दा गहना नक्कली रहेको पत्ता लागेपछि वाणिज्य बैंकको उजुरीमा जिल्ला प्रहरी कार्यालय कास्कीले कुश्मा नगरपालिका वडा नम्बर ३ स्थायी घर भई हाल पोखरा १८ सराङकोट बस्ने वर्ष २५ को अभिसेक सुनारलाई पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले बताए ।

‘प्रहरीमा उजुरी परेपछि हामीहरूले अनुसन्धान थाल्यौँ । वाणिज्य बैंकको सहयोगमा नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा चेक जाँचको गर्दा गरगहना नक्कली भएको पत्ता लाग्यो । यसपछि वाणिज्य बैंकको सहयोगमा निज सुनारलाई नियन्त्रणमा लिइन अनुसन्धान अगाडि बढाएका छौँ,’ प्रवक्ता समेत रहेको डिएसपी तिवारीले भने । सुनारले विभिन्न मितिमा नक्कली सुनका गहना धितो कर्जा लिएको वाणिज्य बैंकको डाटाले देखाएको छ । उनले पोखरा १७ बिरौटास्थित रहेको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोकस्थित रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ७ लाख ४५ हजार रुपैयाँ कर्जा लिएर साँवा ब्याज तिर्न नआएको डिएसपी तिवारीले सुनाए ।

कर्जा लिएपछि ब्याज तथा साँवा बुझाउन नआएकापछि राष्ट्रिय वाणिज्य बैंकले सुन चेकजाँज थालेको थियो । उनले धितो राखेर एक पटक पनि साँवा ब्याज तिर्न नआएपछि राष्ट्रिय वाणिज्य कालो सूचीमा राखेको थियो । सुनारलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वास घात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएपी तिवारीले बताए ।रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com