Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सत्ता गठबन्धनको बैठक जारी

चैत्र,२३ काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ।सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर सार्वजनिक गर्न, मन्त्रिपरिषद बिस्तार, उपनिर्वाचन तयारीलगायत विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा आज बैठक बसेको हो।

आज अपराह्न ५ बजे सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी छ। सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपा नेता शरदसिंह भण्डारी, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, माओवादी महासचिव देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादवलगायत बैठकमा सहभागी छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com