Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

खोटाङको दिक्तेल बजारमा कुखुराको मासु अभाव

१ चैत, काठमाडौं । खोटाङ जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको देखिएको छ । । ओमिक्रोनको त्रास र मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका कारण र लामो समयसम्म वर्षा भएपछि बढेको चिसाका कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा मासु अभाव भएको हो ।

फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र फ्रेस हाउसहरू अहिले बन्द रहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि नगरपालिका ब्रोइलर कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषणा गर्दै तराईबाट आयात हुने ब्रोइलर कुखुरा तथा अण्डामा रोक लगाएपछि दिक्तेल बजारमा अहिले मासु अभाव भएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com