Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

रेनुको अग्रता ५७ सय मत

जेठ,७ काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५७३३ मत पुर्‍याएकी छिन्।

हालसम्म गणना भएको ७६०९५ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनुले २९४७८ मत पाएकी छन्।
उनले राप्रपासँग गठबन्धन गरेको नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ५७३३ मतले पछि पारेकी छन्। सुवेदीले २३७४५ मत पाएका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०३३४ मत पाएका छन्।
यस्तै उपमेयरमा पनि सत्ता गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्।

गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले ३१८२४ मत पाएका छन्। उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाकी हमिला गुरूङले १८४०१ मतसहित पछ्याइरहेकी छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com