Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

लामखुट्टेले टोकेर महिला विमान चालकको मृत्यु

बेलायतकी एक प्रशिक्षार्थी महिला विमान चालकको लामखुट्टेले टाकेका कारण मृत्यु भएको छ ।
बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा लामखुट्टेले टोकेको पाँच दिन पछि मृत्यु भएको हो ।

सल्फोकका वरिष्ठ कोरोनर निगेल पार्स्लीले उज्ज्वल भविष्य भएकी एक युवतीको मृत्यु अति नै दुर्भाग्यपूर्ण भएको बताए ।
उनलाई लामखुट्टेले दाहिने आँखा टोकेको थियो । टोकाइपछि उनको आँखा सुन्निएको थियो र यसमा संक्रमण भएपछि अस्पतालको इमर्जेन्सीमा लगिएको थियो ।

सफोल्ककी बासिन्दा उनलाई अस्पतालले एन्टिबायोटिक्स दिएर घर पठाएको थियो । यद्यपि, अस्पताल गएको दुई दिनपछि उनी बेहोस भएपछि उनका प्रेमीले पुनः अस्पताल लगेका थिए ।

बीबीसीका अनुसार उनको निधन जुलाई १२, २०२१ मा भएको थियो । त्यसदिन उनलाई लामखुट्टेले टोकेको पाँच दिन पुगेको थियो । त्यतिबेला अस्पतालले उनको मृत्युको कारण मस्तिष्कमा सेप्टिक एम्बोली बताएको थियो ।

स्ट्याफाइलोकोस एरियस नामक ब्याक्टेरियाको संक्रमणले रक्तनलीमा अवरोध हुँदा मस्तिष्कमा सेप्टिक एम्बोली हुन्छ । विशेषगरी निधारमा किराले टोक्दा यस्तो अवस्था निम्तिन्छ ।
उनको मृत्युको कारणबारे गरिएको अनुसन्धानको निष्कर्ष अदालतमा पेश गरिएको छ ।

पेपर अक्सफोर्डको इजिजेट कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण भएको र थप तालिमका लागि बेल्जियम गएको सफोकको कोरनर कोर्टको सुनुवाईमा बताइएको छ ।

निगेल पार्स्लीले सुनुवाइको क्रममा भनेका छन्, ‘ती युवतीको मृत्यु निधारमा किराले टोक्दा गम्भीर संक्रमणका कारण भएको हो ।’
‘मैले यसअघि यस्तो घटना कहिल्यै देखेको थिइनँ,’ पार्स्लीले अनुसन्धानको निष्कर्ष दर्ता गराउने क्रममा भने । एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com