Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

चितवनको खैरहनीमा मृत गैंडा फेला

असोज,२७ काठमाडौं । चितवनको खैरहनीमा एक गैँडा मरेको अवस्थामा फेला परेको छ । खैरहनी नगरपालिका वडा नं १२ इचर्नी खोला नजिक रहेको बंगुर फार्ममा आज बिहान ४ बजेतिर भाले गैँडा मृत अवस्थामा भेटिएको छ ।

गैँडाको मृत्यु करेन्ट लागेर हुन् सक्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले बताए । खैरहनीमा वस्ती एरियामा अन्दाजी ४/५ वर्षको भाले गैंडा मृत भेटिएको छु, उनले भने, मरेको नजिकै बंगुर फार्ममा लागेको तार पनि देखिएको छ। त्यहाँ घिरौंलाको जालो पनि छ। के कारणले मरेको भन्ने पोष्टमार्टम गरेपछि सबै कुरा थाहा हुन्छ।
मृत गैँडाको खाग र खुर यथावत रहेको उनले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com