Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

हामीसँग निहुँ खोजियो, पूर्वमाओवादीहरु एक ठाउँमा आऊँ : बाबुराम

२१ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । विचार मिल्नेहरुको एउटै पार्टी बनाउनुपर्ने भन्दै उनले त्यो नभए मोर्चाबन्दी वा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताए ।

शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा भट्टराईले शान्ति प्रक्रियामा आउनु सही भए पनि संविधान बनाउन नसक्दा पहलकदमी हातबाट फुस्किएको बताए । नयाँ आधारमा नयाँ एकता सम्भव भएको भन्दै उनले भने, ‘माओवादी पृष्ठभूमिमा गर्व छ, माओवादी भन्न आपत्ति छैन । तर अबको युगमा माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन ।’

भौतिकवादी द्वन्द्ववादी चिन्तनपद्धती मुख्य कुरा भएको भन्दै उनले पूर्वाको मोह नराख्न आग्रह गरे । ‘मैले त आफ्नो मन बनाइसकेको छु । नजिकको साथीलाई भनिसकेको छु’, उनले भने, ‘हामी एकै चोटी पार्टी एकता भनेर गला मिलाउनुभन्दा बहस गरौं । कहाँ चुक्यौं, कसको के कमजोरी भयो समीक्षा गरौं ।’
‘मिल्नसक्नेहरु एकै ठाउँमा आउँ, उटै पार्टी बनाउँ । समय लाग्छ भने पहिला एउटा गठबन्धनरमोर्चा बनाउँ । त्यो पनि सकिन्न भने कार्यगत एकता गरौं ।’

अहिले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेकाले पनि एकठाउँमा आउन जरुरी रहेको उनले बताए । ‘एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?, उनले भने, ‘तीन वर्षअघिको एउटा सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउन मिल्छ भन्ने निर्णय गर्नु भनेको निहुँ खोजको होइन ? जिस्क्याएको होइन ?’

यस्ता मुद्दाहरुमा सहकार्य गर्नुपर्ने उनले बताए । ‘हामी सबै मिलेर किन सडकमा निस्कन सक्दैनौं ? सक्छौं’, भट्टराईले अघि भने, ‘सक्नेहरु विचार मिल्नेहरुको एउटै पाटी बनाउन, विचारमा अलि फरक हुनेहरु मोर्चा बनाउँ, त्यो नबनाउने हो भने कार्यगत एकता गरौं र यस्ता मुद्दाहरुमा सहकार्य गरौं ।’यसले एउटा शक्ति बन्ने र शहीद वेपत्ताहरुको सपना पूरा गर्न सकिने भट्टराईको निष्कर्ष छ । अनलाइन बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com