Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार र आइतबार बस्ने

नेकपा (एकीकृत समाजवादी) को यही असार ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचनमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापीरूपमा भएका सांगठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तक्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुने ती बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजनाररणनीति तयार गरिने छ।

पार्टीको शुक्रबार बसेको पोलिटब्युरो बैठकले समसामयिक राजनीतिक विषयका साथै निर्वाचनको समीक्षा गरेको छ। केन्द्रीय कमिटीमा छलफल गरिने राजनीतिक, आर्थिक, सांगठनिक प्रतिवेदनमा समेत छलफल गरिएको छ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको सबै सिटमा पार्टी आफ्नै धरातलमा एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने विषयमा अधिकांश नेताको सुझाव आएको छ। गठबन्धनलाई आगामी निर्वाचनसम्म निन्ततरता दिने पक्षमा आफू रहेको भए पनि गठबन्धनले आफ्नो पार्टीलाई न्यायोचित व्यवहार नगरेमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको र परिस्थिति परिवर्तन पनि हुनसक्ने उनको भनाइ छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com