Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

पाकिस्तान : बम विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ५९ पुग्यो

पाकिस्तानको उत्तर पश्चिमी सहर पेशावरमा भएको शक्तिशाली बम विस्फोटमा परेर ज्यान गुमाउनेको सङ्ख्या ५९ जना पुगेको छ । घटनामा १ सय ५० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हिजो दिउँसो पेशावरको एक मस्जिदमा प्रार्थनाको समयमा बम विस्फोट भएको थियो । गएको नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले यो विस्फोट गराएको जनाएको बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गरी उनीहरुको इस्लामसँग कुनै साइनो नहुने बताउनुभएको छ ।
पछिल्लो घटनासँगै राजधानी इस्लामावादमा पनि सुरक्षा सतर्कता बढाइएको छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com