Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

युक्रेनी राष्ट्रपति जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा

युक्रेनी राष्ट्रपति भ्लादीमिर जेलेन्स्कीका सल्लाहकारले राजीनामा दिएका छन्।
सल्लाहकार ओलेक्सी अरेस्टोभिचले एउटा विवाददास्पद भनाईपछि पदबाट राजीनामा दिएको बिबिसीले जनाएको छ।
डिनिप्रोको एउटा भवनमा खसालेको रूसी क्षेप्यास्त्रलाई किभले खसालेको भन्दै ४४ जनाको मृत्यु भएको अभिव्यक्ति दिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन्।

उनले पछि माफी मागे र आफूले गल्ति गरेको समेत बताए।
‘म पीडित र तिनीहरूका आफन्त, डिलिप्रोका बासिन्दासमक्ष आफ्नो अभिव्यक्तिले पुर्‍याएको चोटमा माफी माग्न चाहन्छु’, उनले यसबारे टेलिग्राममा लामो पोस्टसमेत लेखेर माफी मागेका थिए।

तर उनको टिप्पणीले देशमा व्यापक विरोध भएपछि उनले पदबाट राजीनामा दिएका हुन्।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अरेस्टोभिचको राजीनामाको निर्णयबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। रुसी अधिकारीहरूले युक्रेनको घटनालाई बदनाम गर्न यो घटना प्रयोग गरिरहेको बताइएको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com