Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई आफ्नै पार्टीका कार्यकर्ताहरूले आक्रमण

काठमाडौं २३ चैत ।धादिङमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई आफ्नै पार्टीका कार्यकर्ताहरूले आक्रमण गरेका छन्।
वैशाखमा हुने स्थानीय चुनावको उम्मेदवारबारे भएको छलफलमा विवाद हुँदा खनियावास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङमाथि मंगलबार बेलुकी आक्रमण भएको हो।
कांग्रेसका पूर्वक्षेत्रीय सभापति राजु पाख्रीनलगायतको समूहले गाउँपालिका अध्यक्ष तामाङमाथि आक्रमण गरेको आरोप छ।

कांग्रेस नेता तथा गाउँपालिका अध्यक्ष तामाङले आफूमाथि आक्रमण भएको बताए।
उनको अनुहारमा चोट लागेको छ। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले कांग्रेसकै नेता पाख्रीनलाई नियन्त्रणमा लिएको छ।
‘आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरिसक्यो, घटना सामान्य हो,’ गाउँपालिका अध्यक्ष तामाङले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com