अनलाइन फारम बन्द सवारी चालकको
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/03/Yatayat-Karyalaya-620x416-1.jpg)
फागुन ३० काठमाडौं सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम तत्कालका लागि बन्द भएको हो । यातायात व्यवस्था विभागले आज जारी गरेको सूचनामा चैत १ गतेदेखि अर्को व्यवस्था नहुँदासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।
हालसम्म परेका अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्ने निर्णय गरेको हो।