Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

दीक्षान्त समारोहका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

पुष,२ काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय को ४९ औँ दीक्षान्त समारोहका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दीक्षान्त समारोहका कारण गाडीको चाप रहेकाले जाम हुँदा त्यसको असर अरू ठाउँमा पनि परेको छ । आजको दीक्षान्त समारोहमा ७३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । त्रिवि र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दीक्षान्त समारोहमा सहभागी हुनेको गाडी पार्किङ स्थल तोकेको थियो ।

काठमाण्डौको टुँडिखेल, विश्व निकेतन मावि, वर्ल्ड ट्रेड सेन्टर र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यालय परिसरमा पार्किङ स्थल तोकिएको थियो । तर पनि एकै समयमा गाडी आउने र जाने भएको हुँदा ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न समस्या परेको छ । कलङ्की, कालीमाटी क्षेत्रदेखि नै गाडीको जाम रहेको ट्राफिक प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com