Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भूकम्प प्रभावित क्षेत्रमा आइतबारदेखि राहत र पुनर्स्थापनाको काम हुन्छः प्रधानमन्त्री

कार्तिक,१८ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि राहत र पुनर्स्थापनाको काम सुरू गरिने बताएका छन्। जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आज उद्धार र उपचारमा नै ध्यान केन्द्रित गरिएको बताए।

‘आजको दिनमा जे गर्नुपर्थ्यो राज्य र सरकारबाट त्यही गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भोलिदेखि राहत र पुनर्स्थापनाको काममा लाग्छौं। भोलि राहतका आवश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्रमा जानेछौं।’

कर्णालीका भूकम्प प्रभावितहरूलाई दिने राहत र गर्ने पुनर्स्थापनाबारे छलफल गर्न प्रधानमन्त्रीले भोलि बिहान ८ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। त्यसपछि विपत व्यवस्थापन समितिको बैठक बस्ने र आवश्यक निर्णय गर्ने उनले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com