Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

खोटाङमा पहिराले एक घर बगायो, ११ घर उच्च जोखिममा

खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँडागाउँमा पहिरो खस्दा एक घर बगाएको छ।
११ घर उच्च जोखिममा समेत परेका छन्। केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरू भएको पहिराले स्थानीयबासी बलराम खत्रीको घर बगाएको हो।

उनको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन। रातिदेखि निरन्तर झरिरहेको करिब ५०० मिटर लामो पहिराले भैरवबहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको स्थानीयबासीले बताए।

कालो माटो रहेको उक्त क्षेत्रमा अझै निरन्तर झरिरहेको पहिराले ११ घर उच्च जोखिममा पारेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए।

‘पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै घर उच्च जोखिममा छन्,’ उनले भने, ‘जोखिममा परेकालाई अन्यन्त्र सार्ने तयारी भइरहेको छ।’

पहिराले गर्दा स्थानीय भैरवबहादुर, हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राई पीडित भएका छन्। चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट सुरू भएको पहिराले लाखौँको अन्नबालीसमेत क्षति गरेको वडाध्यक्ष कार्कीले बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com