Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

कमसल माटोले उपकरण बिग्रिँदा नागढुङ्गा सुरुङ खन्ने काम रोकियो

sharethis sharing button

काठमाडौं– सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिँदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ। यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। 

पहिले दैनिक ३ देखि ४ मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए। अरु काम चलेपनि सुरुङ खन्ने प्रगति कम रहेको छ। त्यहाँको भूवनोट कमजोर रहेको र काम गर्दा उपकरणमा विग्रने समस्या आइरहेको छ। 

आयोजनाले निर्माण कम्पनीलाई राम्रोसँग ‘सिस्टम’मा ल्याउन र आवश्यक भएर उपकरणका पार्ट फेर्न भनेको छ। आयोजना प्रमुख श्रेष्ठले भने, ¡आयोजना र कम्पनीका बीचमा कुराकानी भइरहेको छ।’ निर्माण कम्पनीसँग अहिले जनशक्ति र उपकरण दुबै पर्याप्त भएको आयोजनाले जनाएको छ। 

कम्पनीले तिव्र गतिमा काम गरिरहँदा यो समस्याका कारण ‘ब्रेक डाउन’ भएको प्रमुख श्रेष्ठले बताए। डिजाइनमा यो ठाउँमा यस्तो चट्टान छ भन्ने अनुमान गरिएकामा त्योभन्दा फरक आइरहेको छ। 

धादिङ र काठमाडौंमा जग्गा प्राप्तिको समस्याको समाधान भइसकेको छैन। काठमाडौंतर्फ निर्माणस्थलमा २/३ जनाको व्यक्तिगत जग्गा मुआब्जा दिनुपर्ने छ। धादिङतर्फ स्थानीयवासीले उपभोग गरिरहेको जग्गा गुठीको छ। गुठीको जग्गाको मुआब्जा अरुभन्दा कम पाउने भए पनि उनीहरुले बढी मागरिहेको श्रेष्ठले बताए। 

जग्गा उपलब्ध नहुँदा काममा बाधा पुगेको छ। पहिरोको तल पर्खाल लगाउने लगायतका मर्मतको काम गर्नुपर्ने भए पनि जग्गाको कारण गर्न सकिएको छैन। 

श्रेष्ठले भने, ‘स्थानीयवासीको पूरा गर्न नसकिने मागका कारण निर्माणमा बाधा पुगेको छ।’ आयोजनाले निर्माणस्थलमै ‘आइसोलेशन’ को व्यवस्था गरेर निर्माण अघि बढाइरहेको थियो। 

त्यति हुँदाहुँदै पनि कहिले कामदारलाई सङ्क्रमण देखिएर त कहिले निर्माण सामग्री र उपकरण ल्याउन बाधा पग्दा निर्माणमा ढिलाइ भयो। अहिले आयोजना पूरै ठप्प नभएर सुरुङ खन्ने काममा मात्रै बाधा पुगेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए। अरु संरचना निर्माण नियमित भइरहेको छ।

मुख्य सुरुङको लम्बाइ २ किमी ६८८ मिटर रहेकामा अहिलेसम्म जम्मा १ हजार ८६९ किमी खन्न सकिएको छ। 

सुरुङभित्र ‘कङ्क्रिट लाइलिङ’को काम ३४ दशमव ८ प्रतिशत प्रगति रहेको छ। जमिनमा गर्ने काममध्ये सडकमार्ग उत्खनन ७९ दशमवलव २ प्रतिशत र तटबन्ध पुर्ने काम (इब्याङमेन्ट फिलिङ) ७० दशमलव ५ प्रतिशत सकिएको छ। 

आयोजनाअन्तर्गत नै निर्माण गर्नुपर्ने १२ संरचनामध्ये ११ सम्पन्न भइसकेको छ। फ्लाईओभर निर्माणाधीन छ। आयोजनामा तीन अण्डरपास, चार बक्स कल्भर्ट, एक ओभर पास र तीन पुल सकिएको छ। 

आयोजनामा हालसम्म भौतिक प्रगति ५० दशमलव १५ प्रतिशत रहेको छ। जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्ग निर्माणको सुरुमा अवधि ४२ महिना थियो। नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच २०७६ असोजमा सम्झौता भएर कात्तिकमा सो आयोजना शिल्यान्यास भएको थियो। 

सुरूङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने जाम हट्ने विभागले जनाएको छ। काठमाडौं उपत्यका प्रवेश गर्ने सडकमा वर्षौंदेखि रहेको सडक जाम कम गर्न नागढुङ्गा–मुग्लिन सडक विस्तार समेत अघि बढिरहेको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com