Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

एमसीसीको चपेटामा एकिकृत समाजवादी

अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल गर्ने विषयमा शीर्ष नेतृत्वमा असमझदारी बढेपछि एकीकृत समाजवादीले सचिवालय बैठक डाकेको छ । १ बजे बोलाइएको बैठक केहीबेरमा बस्दैछ ।

माधवकुमार नेपाल र नेता झलनाथ खनालबीच एमसीसी संसदमा टेबल गर्ने विषयमा मतभेद उत्पन्न भएको हो । आइतबार बिहान बालुवाटारमा सत्तारुढ गठबन्धनले एमसीसीमा सहमति जनाएपछि विरोध र नाराबाजीबीच संसदमा टेबल भएको थियो । पार्टीका सम्मानित नेतासमेत रहेका खनालले आफूलाई बैठकमा नबोलाई सहमति गरिएकोप्रति आपत्ति जनाएका छन् ।

एमसीसीको विरोध गर्छ भनेर मलाई बोलाइएन’ उनले भने, ‘हाम्रो असहमति हुँदा हुँदै एमसीसी संसदमा टेबल हुनु लज्जाको विषय हो । नेताहरू विदेशीसामु झुकेर संसदमा छिराए ।

अध्यक्ष माधवकुमार नेपालले भने संसदमा टेबल गरिए पनि यथास्थितिमा एमसीसी पारित गर्न आफ्नो पार्टीले मत नदिने बताउँदै आएका छन् । ‘हामी स्थायी कमिटीको बैठकप्रति प्रतिबद्ध छौँ । सरकार जे भए पनि यथास्थितिमा एमसीसीमा मत दिन सकिन्नँ’ उनले आइतबार संसद भवनबाट बाहिरिने क्रममा भनेका थिए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com