Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सय करोडको व्यापार पहिलो सातामै ‘द कश्मीर

काठमाडौं–४ चैत । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘द कश्मीर फाइल्स’का निर्देशन विवेक रञ्जन अग्निहोत्रीलाई भारत सरकारले सुरक्षा व्यवस्था गर्ने निर्णय गरेको हो ।
भारत सरकारले निर्देशक अग्निहोत्रीको सुरक्षालाई मध्यनजर गर्दै ‘वाई श्रेणीको सुरक्षा व्यवस्था गर्ने निर्णय गरेको समाचार एजेन्सी एएनआईले जनाएको हो।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म अहिले चर्चामा हो। उक्त फिल्म राजनीतिक विषयको रुपमा भारतमा विकास भइरहेको हो। सय करोड हराहारीको व्यापार पहिलो सातामै गरिसकेको फिल्म कश्मीरी पण्डितहरुको विस्थापनको विषयलाई लिएर निर्माण गरिएको हो।

राजनीतिक विषयवस्तुमा बनेको फिल्मका निर्देशक अग्निहोत्रीलाई सुरक्षाको जोखिम भएको भन्दै सरकारले सुरक्षा व्यवस्था गरेको एएनआईले जनाएको हो।
निर्देशक अग्निहोत्रीलाई सरकारले व्यवस्था गरेको सुरक्षामा २ जना कमाण्डो र ६ जना प्रहरी जवान रहेका हुन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com