Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

म्यानमारमा भएको हवाई आक्रमणमा १० जनाकाे ज्यान गयो, आठ जना घाइते

म्यानमारमा भएको हवाई आक्रमणमा १० जना नागरिकको ज्यान गएको छ । उत्तरी सागाइङ क्षेत्रको न्याउङ कोने गाउँमा एक सैनिक विमानले तीनवटा बम खसालेको छ । घटनामा आठ जना घाइते भएका छन् ।

आक्रमणमा ११ घरमा क्षति पुगेको स्थानीय बासिन्दालाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । म्यानमारमा सैन्य ‘कु’ को दुई वर्षभन्दा धेरै भैसकेको छ । सन् २०२१ मा भएको सैन्य ‘कु’ पछि त्यहाँ आक्रमणका घटना हुँदै आएका छन् ।

अधिकारवादी समूहले सेनाले गैरन्यायिक हत्या गरेको, गाउँहरू ध्वस्त पारेको र हवाई आक्रमणलाई आफ्ना विरोधीको सजायका रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । संयुक्त राष्ट्रसङ्घले गएको वर्ष सेनाले तीन सयभन्दा धेरै हवाई आक्रमण गरेको बताएको थियो ।     एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com