Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ

बैशाख,२१ काठमाडा । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार रायमाझी आज विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनलाईआज नै काठमाडौँ लैजाने तयारी भएको छ । तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझी पक्राउ परेकोबारे आफूहरूलाई जानकारी नभएको बतए। तर प्रहरीको गोप्य स्रोतले दिएको जानकारी अनुसार रायमाझी आज बिहानै पक्राउ परेका हुन् । उनका छोरा सन्दीप रायमाझी हिजो साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न हिजो नै पक्राउ पुर्जी जारी भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com