Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु

माघ, २६ काठमाडौं । ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ । ‘कर्तव्य पालनाको सिलसिलामा गाडीको पछाडिबाट लडेर उहाँको मृत्यु भएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले भने, ‘तत्काल उद्धार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएको थियो, चिकित्सकहरुले मृत्यु भएको घोषणा गरे ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com