Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

इलाका प्रहरी कार्यालयमा रहेका एक थुनुवा मृत फेला

जेठ, ११ काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा रहेका एक जना थुनुवा मृत फेला परेका छन्।
कोहलपुर नगरपालिका वडा नं. १२ का ४७ वर्षीय कृष्णलाल कुँवर आज बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले थुनुवा कक्ष परिसरकै शौचालयको भेन्टिलेटरमा आफ्नै टिसर्टको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको बताए।

कुँवर आज बिहान साढे ४ देखि ५ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार जबरजस्ती करणी आरोपपछि प्रहरीले उनलाई वैशाख १९ गते नियन्त्रणमा लिएर थुनुवा कक्षमा राख्दै आएको थियो।
प्रहरीका अनुसार कुँवर थुनामा परेको २४ दिन जति भएको थियो। प्रहरीले अदालतमा मिसिल बुझाइसकेको समयमा उनी मृत फेला परेका हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com