Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

अदालतले फैसला पुनरावलोकन हुनुपर्ने : पौडेल

जेठ, १४ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनुपर्ने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले अदालतले कानुनमात्र हेरेर गरेका कतिपय निर्णय वास्तविकतासँग मेल नखाने भन्दै फैसला पुनरावलोकन हुनुपर्ने धारणा राखेका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘यो निर्णय विवकेसंगत भएन, अदालतले निर्णय सच्याउनुपर्छ । सर्वोच्चका माननीय न्यायाधीशहरु उतै गएर हेर्नुहोस् न देख्नुहुन्छ ।

विमानस्थल बनाउने ठाउँमा वन क्षेत्र भनिए पनि अहिले वन नरहेको भन्दै पौडेलले एयरपोर्ट बनाउन एउटा पनि रुख काट्नु नपर्ने बताए । ‘वन संरक्षणको कुरा अघि ल्याइएको छ, यो वन मैले घटनास्थलमै गएर हेरेको छु, अब एयरपोर्ट बनाउनको लागि एउटा रुख पनि काट्नुपर्दैन, अलरेडी वन सकिसकेको छ बस्ती बसिसकेको छ’ उनले भने ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com