Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

कुर्सी ठूलो होइन, काम ठूलो हो : मन्त्री किराती

सर्लाही – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताउनुभएको छ ।
‘फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आइतवार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा मन्त्री किरातीले भन्नुभयो, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण नागरिकले सजिलोसँग बुझ्नै पर्छ ।’

उहाँले मन्त्रालय नागरिकको हो भन्दै नागरिकसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । नागरिकको प्रगति नै देशको उन्नति हो भन्दै उहाँले त्यसका लागि पर्यटन व्यवसाय पहिलो सर्त भएको बताउनुभयो ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com