Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

गाउँपालिकाको भवन उद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँमा    

३ वैशाख, दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनलगायत विभिन्न कार्यक्रममा सरिक हुन राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आइपुगेका छन् । उनले यहाँ गाउँपालिकाको प्रशासनिक भवनसहित व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल पहिला तनहुँसुरस्थित मन्दिर उद्घाटन कार्यक्रममा सहभागी हुने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । खड्ककालिका मन्दिर उद्घाटनपश्चात् पौडेल म्याग्देको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण गरिएको हो । पुरातत्व विभागको आर्थिक सहयोगमा विसं २०७८ चैतदेखि पुनर्निर्माण सुरू भएको थियो ।

सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको हो ।

हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको हो । म्याग्दे गाउँपालिका–४ नारिंगेमा ६ करोड रुपैयाँ लागतमा भवन निर्माण गरिएको छ । उक्त भवन निर्माणको काम विसं २०७७ असोजदेखि सुरू भएको थियो ।

जिल्ला समन्वय समिति तनहुँको कोषमार्फत् प्राप्त भएको रकम र आन्तरिक स्रोतबाट भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com