Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बाबुरामसँगको सहकार्य चुनावसम्मका लागि होइन, दीर्घकालीन हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँगको सहकार्य अल्पकालीन नभएको बताएका छन्। राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफुहरुबीचको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका हुन्।

वैकल्पिक राजनीतिक पार्टी बनाउने बाबुरामको प्रयास र वामपन्थी शक्तिलाई नयाँ ढंगले अघि बढाउने आफ्नो प्रयत्न असफल भएपछि दुबैजना दीर्घकालीन सहकार्यतर्फ अघि बढेको प्रचण्डले बताए।‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’
प्रतिनिधिसभाको निर्वाचनमा नेपाल समाजवादी पार्टी माओवादीको चुनाव चिन्ह हँसिया हथौडामा उठ्दैछ।

प्रचण्ड र बाबुराम एकै ठाउँमा हुँदा लाखौँ जनतामा उत्साह थपिने उनले जिकिर गरे।‘इतिहासले, नेपाली जनताले निकै ठूलो त्याग तपस्या र बलिदानबाट उनीहरुले पैदा गरेको नामहरु हुन् प्रचण्ड र बाबुराम’, उनले भने, ‘हामी एकै ठाउँमा हुँदा त्यो दुई जना एक ठाउँमा भएको हुँदैन, लाखौं करोडौं जनताहरु फेरि एकतावद्ध भएर नयाँ युग निर्माणतिर अगाडि जाने ऊर्जा प्राप्त हुने गर्दछ ।’
दुईजनाको बानी व्यवहार नमिलेपनि दुबैले एअर्काको अभाव महशुस भएपछि दीर्घकालीन सहकार्यतर्फ अघि बढेको उनको तर्क थियो।सेतोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com