२७ किलो गाँजासहित दुई जना पक्राउ
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/06/s-a_GsdGSgbUNv.jpg)
असार, १२ काठमाडौं । सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो ६५० ग्राम गाँजा सहित ३४ वर्षिय राम सागर साह र गोलबजार नपा १ मुक्सारका ३० वर्षिय चंखु सदायलाई नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय धनगढीमाई नपा १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले उनीहरु सवार स.३ प.७७९६ नम्वरको मोटरसाईकल शंका लागि रोकी चेकजाँच दुई वटा सेतो बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।