Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

निर्वाचनको लागि मतपत्र छपाइको प्रक्रिया सुरू

काठमाडौ १७ चैत ।वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मतपत्र छपाइको प्रक्रिया अघि बढेको छ।
त्यसअन्तर्गत बिहीबार परीक्षणको लागि मतपत्र छाप्ने काम सुरू भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
‘मेसिन परीक्षण, त्यसपछि कागज परीक्षण, चिन्हहरू लत्पतिएका छन् वा छैनन् लगायत परीक्षण भइरहेका छन्,’

चुनावको लागि आयोगले दुई करोड मतपत्र छाप्न लागेको हो
आयोगका अनुसार यसपालिको निर्वाचनको लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्।
आयोगले केही जिल्लामा मतपत्रको ढुवानी हेलिकप्टरमार्फत् गर्ने समेत तयारी गरेको छ।
दुर्गम क्षेत्रका सदरमुकामसम्म सवारी साधन पुगे पनि त्यहाँबाट अरू ठाउँ पुग्न भने समस्या हुने गरेको प्रवक्ता पौड्यालले बताएका छन।

आयोगले सुरूमा ढुवानी गर्न कठिन हुने ठाउँको मतपत्र छाप्ने तयारी गरेको छ।भने उपत्यकाका महानगरपालिका तथा केही नगरपालिकाको लागि वैशाख १७ गतेपछिमात्रै मतपत्र छाप्ने तयारी आयोगले जानकारी गराइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com