Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

मुख्य दलका अध्यक्षहरु नै पराजित

जेठ, ८ काठमाडौं । यादवले सात हजार ९१३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रस्पर्धी पजियार सात हजार ३०० मत ल्याएका छन् । पजियार निबर्तमान मेयर पनि हुन् ।
सबैला नगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका नेकपा एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादव तेस्रो नम्बरमा रहे । यहाँ नेकपा माओवादी केन्द्रका कारीराम यादव चार हजार २१२ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका जगतसुन्दर साह चार हजार ७६ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

एमालेका जिल्ला अध्यक्ष राजकिशोर तीन हजार ५८१ म्तसहित तेस्रो स्थानमा आएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष पशुपति यादव कमला नगरपालिकामा पराजित भएका छन् ।

उनी नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादवसँग एक हजार २८ मतअन्तरले पराजित भएका हुन् । निर्वाचित भएका विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले २ हजार ८५९ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष देवेन्द्रकुमार यादव धनुषाधाम नगरपालिकाको मेयरमा पराजित भएका छन् । उनी तेस्रो नम्बरमा आएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com