Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६, नौ जनाको सनाखत

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ जनाको सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।

मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, हेटौंडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगन्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, ओखलढुंगाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका काडेल र पर्साको वीरगन्ज–१६ का सकेमप्रसाद चौरसिया रहेको एसपी गौतमले जानकारी दिए।

बसमा सवार यात्रु संख्या यकिन हुन नसके पनि झन्ड ५० जना रहेको अनुमान प्रहरीले छ।
नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगन्जमा दुर्घटना भएको हो।

चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ। बस सडकबाट चिप्लिएर सय मिटर तल खसेको थियो।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com