Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

विराटनगर महानगरपालिकामा मतगणना स्थगित

जेठ ,४ काठमाडौं । विराटनगर महानगरपालिका वडा नम्बर ३ को मतगणना भइरहेका बेला पङ्खा नभएको भन्दै उम्मेदवारका प्रतिनिधि निस्किएपछि मतगणना स्थगित भएको छ।
गणना भइरहेको कोठामा पङ्खाले हावा फाल्न छाडेपछि गर्मीमा गणना गर्न नसकिएको भन्दै उनीहरू गणना स्थलबाट बाहिर निस्केका थिए।

पङ्खा बनाउन प्राविधिक बोलाइएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताए। अब छिट्टै मतगणना सुरू गरिने उनले बताए।

३ नम्बर वडाको मत गणना मंगलबारदेखि चलेको थियो। अन्य कोठामा भने मतगणना भइरहेको छ। विराटनगर ७ मा रहेको आदर्श माध्यमिक विद्यालयका ९ वटा कक्षा कोठामा मतगणना भइरहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com