Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अवैध लागुऔषध १५७ किलो गाँजासहित ७ पक्राउ

साउन २२ काठमाडौ । अवैध लागुऔषध १५७ किलो गाँजासहित ७ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराले सोमबार सार्वजनिक गरेको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुकी जीतपुरसिमरा उपमहानरपालिका वडा नं २२ अमलेखगंजस्थित जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको छ ।

गाँजा ओसार पसारमा प्रयोग भएका ३ वटा सवारी र ४ जना भारतीय नागरिकसहित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । बा ११ च ४९९२ नम्बरको स्कर्पियोबाट मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १ बस्ने ३९ वर्षका रोशन नेगीले उक्त परिमाणको गाँजा ओसारेको प्रहरीले जनाएको छ । स्कर्पियोमा ६ पोकामा १५७ केजी गाँजा फेला परेको हो ।

यस्तै सो गाँजा लिएर आउनेमा मकवानपुर भिमफेदी गाउँपालिका वडा नं ९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २२ अमलेखगंजका ३३ वर्षीय बुद्ध पाख्रिन पनि पक्राउ परेका हुन।

यसैगरी गाँजा लिन आएको बीआर ०५ जी ८६५६ नंबरको भारतीय पिकअप एक र बीआर ०५ एजेड ८९६१ नंबरको भारतीय पल्सर मोटरसाइकल एकसहित ४ जना भारतीय नागरिकसमेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारीका २६ वर्षका अलि अहमद भाट, २३ वर्षका जमालुदिन खान, १८ वर्षका देव कुमार र ३५ वर्षका जागिरदिन मियाँ रहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com