Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जंगलमा मृत भेटिएकी विमलाले भनेकी थिइन्– ‘मैले विवाह गरेँ’

जेठ, २५ काठमाडौं । फर्पिङको जंगलमा जेठ २३ मा एक जोडी मृत भेटिए । दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा दाङको राप्ती गाउँपालिका घर भएकी १९ वर्षकी विमला कुमाल र मकवानपुर घर भएका मनिष ठकुरी मृत भेटिएका हुन् ।

मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष डोजर अपरेटरका सहयोगी हुन् । विमला मजदुरी गर्थिन् । सडकमा नाला बनाउने मिस्त्रीको सहयोगी विमला दक्षिणकालीमा बस्थिन् । शव नजिकै विषको बट्टा भेटिएको हुनाले उनीहरुले विष खाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । तर, पोष्टमार्टम रिपोर्ट आएको छैन ।

उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । एकैठाउँमा मृत भेटिएका जोडीको शरीरमा निलडाम छैन । विष खाएकोबारे यकिन गर्न विधि विज्ञान प्रयोगशालामा भि–सेरा परीक्षण गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com