Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मेयर बालेन शाहले भने- एक हप्ताभित्रै सिसडोललाई दूर्गन्धमुक्त बनाउँछौं

जेठ, २० काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एकहप्ता भित्र दूर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्नेक्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ता भित्र त्यहाँ दूर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका छन।

त्यसका लागि आफूले विज्ञसँग आवश्यक छलफल गरेको उनले बताए। मेयर शाहले ३ महिना भित्र मल र ग्याँस दुवै निकाल्न सुरू गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन।

‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ। मल र ग्याँस पनि बनाईन्छ। त्यसका लागि ३ महिना लाग्छ। केमिकल हालिसकेपछि एक हप्ता भित्र गन्ध हटाईन्छ’, उनले भने, ‘बन्चरेडाँडाको पनि सबै रिर्पोट हेरियो। सड्ने र नसड्ने फोहोर छुट्टयाउने। त्यसबाट मल र ग्यास निकाल्ने हो। सड्ने र नसड्ने फोहोर छुट्टयाउन काठमाडौं महानगरपालिकाले घरघरमा जनचेतना फैल्याउने काम गर्नेछ।’

त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरे
स्थानीयको सबै समस्या समाधान हुने र फोहोर विर्सजन गर्न अवरोध गर्न नहुने उनको भनाई थियो ।
मेयर शाहले आफ्नो पहिलो प्राथमिकता काठमाडौंको फोहोरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटकपटक दोहोर्‍याए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com