Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

फ्रेन्च लिगमा सावित्रा भण्डारी साम्बाको डेब्यु

माघ,२१ काठमाडौं । नेपाली राष्ट्रिय टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले फ्रेन्च लिगमा डेब्यु गरेकी छन् । साम्बाले फ्रेन्च क्लब एन अभान्ट गुईंगाम्पका लागि हिजो आफ्नो पहिलो खेल खेल्दै डेब्यु गरिन् ।

बोर्डोविरुद्भको उक्त खेल १-१ को बराबरीमा सकिएको थियो । शुक्रबार मात्रै फ्रेन्च क्लबमा अनुबन्ध भएकी साम्बा बोर्डोविरुद्धको खेलमा टिम लाइन अफमा समावेश हुँदै वैकल्पिक खेलाडीको रुपमा थिइन् ।

उनले ७५औं मिनेटमा मैदान प्रवेश गर्दै फ्रान्समा लिग खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइन् । खेलमा आठौं मिनेटमा एन्टोइन स्टारोभाले गोल गर्दै गुईंगाम्पलाई अग्रता दिलाएकी थिइन् ।तर, लौरा बौर्गोइनले ३६औं मिनेटमा बोर्डोका लागि बराबरी गोल गरिन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com